जंगली हात्तिको आक्रमणबाट एकको मृत्यु

454
0
Share:

चितवन।  चितवनमा जंगली हातिको आक्रमणबाट एकको मृत्यु भएको छ।

माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ को हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ :४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: