यात्रा गर्दा गाडीवालाले दुख दिए प्रहरीलाई खबर गर्न आग्रह

Share:

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक सुरक्षा सम्बन्धी वृहत कार्यक्रम सम्पन्न भएको छ । आइतबार पृथ्वीचोकमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेको प्रमुख आतिथ्तामा कार्यक्रम सम्पन्न भएको हो ।

‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्रा सबैमा शुभकामना’ भन्ने मूल नाराका साथ गरिएको कार्यक्रममा महानिरीक्षक घिमिरेले लामो दुरीका सार्वजनिक सवारीका चालक तथा सह चालकलाई माला लगाई शुभकामना प्रदान गरेका थिए । यस्तै यात्रुलाई गन्तव्यसम्म सुरक्षित पु¥याउन चालकलाई घिमिरेले आग्रह गरे ।

चाडपर्वमा सडक दुर्घटना र सवारी साधनमा हुने अवाञ्छित गतिविधिलाई न्यूनिकरण गर्न उक्त कार्यक्रम गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यक्रममा प्रहरी अधिकृतहरुले चालक तथा सहचालकलाई सुरक्षित र सभ्य यात्राबारे सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै महानिरीक्षक घिमिरेले चाडपर्वमा यात्रुलाई दुख दिने, बढी भाडा लिने काम नगर्न आग्रह गरको छन् । यात्राका क्रममा दुख दिए नजिकको प्रहरी कार्यालयमा खबर गर्न यात्रुसँग महानिरीक्षका घिमिरेले आग्रह गरे । उनले यात्रुलाई दुख दिएको खबर पाए कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं अन्य प्रहरी अधिकृतहरु उपस्थिति रहेको कार्यक्रममा सुरक्षित यात्रा सम्बन्धि पर्चा पम्पलेट समेत वितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: