
पोखरा। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि एकैदिनमा नेपालमा प्याजको मूल्य आकासिएको छ।
आइतबार सम्म १ सय ५ रुपैयाँ प्रति के.जी रहेको प्याजको मुल्या आज सोमबार १ सय ३५ रुपैयाँ पुगेको छ। आइतबारको तुलनामा आज प्याजको मूल्य २८.५७ प्रतिशतले बढेको हो।
भारतमा वर्षाका कारण रोपिएको प्याज नष्ट भएपछि मूल्य बढ्न थालेको हो। नेपालमा खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतबाट प्याज आयात हुन्छ।
कमेन्ट गर्नुहोस्
