देशलाई छिट्टै भिखमंगामुक्त बनाउँछु – प्रधानमन्त्री ओली (अडियो)

268
0
Share:

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले बेसहरा नागरिकलाई उचित व्यवस्था गर्ने बताएका छन्। ओलीले सडकमा कोही बेसहारा देखिए खबर गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले देशलाई छिट्टै भिखारीमुक्त घोषणा गरिने बताए। उनले भने, ‘सडकमा कुनै नागरिक बेसहारा बसेको भए खबर गर्नुस्। देशलाई छिट्टै भिखारीमुक्त घोषणा गरिन्छ।’

साथै ओलीले देशमा निराशा फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाए। राम्रा काम भैरहेका बेला नराम्रा काम मात्र भए भनेर सरकारलाई निस्तेज पार्न लागेको ओलीले बताएका छन्।

‘केही मानिसहरूले केही पनि भएको छैन भनेर निराशा फैलाउन खोजे, भएका कामहरूको चर्चा नगर्नु एकथरी प्रवृत्ति छ,’ उनले भने।

ललितपुरको भैंसेपाटीमा मन्त्री निवास शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको भैंसेपाटीमा मन्त्री निवास शिलान्यास गरेका छन्। आज शिलान्यास गरिएको भवन संघीय सरकारको मन्त्री निवास र प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मले प्रयोग गर्ने छन्।

सरकारले ९७ करोड ११ लाख लगानीमा एक सय २५ रोपनी क्षेत्रफलमा मन्त्री निवास बनाउन लागेको हो। हरिहर भवनस्थित मन्त्री निवास साघुँरो भएको भन्दै २०७५ सालमा सरकारले नयाँ मन्त्री निवास बनाउने निर्णय गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: