दुबईमा माइक्रो बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

Share:

काठमाडौं। यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ६ जना नेपाली नागरिकको ज्यान गएको छ । ज्यान गुमाउने सबैको पहिचान पनि खुलेको छ ।ज्यान जाने नेपालीहरुमा रमेश चौधरी (धनकुटा), दानबहादुर सत्याल (सर्लाही), कृष्णबहादुर पुन मगर (पाल्पा), नारायणप्रसाद पोख्रेल (नवलपरासी), दीपक विक (धरान), नयराम साउद (कैलाली) रहेको कम्पनीले जनाएको छ ।

दुर्घटनामा परेर नेपाली नागरिकको ज्यान गएको जानकारी पाएपछि आबुधाबीमा रहेको नेपाली दुतावासले दु:ख ब्यक्त गर्दै आवश्यक प्रकृया अगाडि बढाएको जनाएको छ । दुतावासकी प्रवक्ता रिता धितालले कम्पनीका सीईओ तथा तथा सम्बन्धित निकायका प्रतिनिधिसँग राजदूत आफैँले समन्वय गरिरहेको  जानकारी दिए ।

दुर्घटनामा परेर ज्यान गुमाउने ६ जना नेपालीको परिवारसँग कम्पनी तथा दुतावास आफैँले समन्वय गर्ने र आवश्यक सबै प्रकृयामा दूतावासले सरलीकरण गर्ने यूएईका लागि कृष्णप्रसाद ढकालले बताए ।

फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा सेक्युरिटी कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो । ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।

दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।कम्पनीको काममा जान कामदारलाई मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ लैजाँदै गर्दा दुर्घटना भएको हो।

कमेन्ट गर्नुहोस्
Share: