
काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज (बुधबार) अन्तिम खेल खेल्दैछ । नेपालले बुधबार आयोजक सिंगापुरको सामना गर्नेछ ।
इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल साँझ ५ः१५ मा सुरु हुनेछ । सिंगापुरविरुद्ध मैदानमा उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । यस्तै नेपाल सिंगापुरलाई पराजित गर्दै सिरिजको उपाधि जित्ने आशा कायम राख्न चाहन्छ ।
नेपाल सिरिजको अंक तालिकाको दोस्रो स्थानमा छ । नेपालले ३ खेलमा २ अंक जोडेको छ । ४ अंक जोडेको जिम्बावे शीर्ष स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
