सेप्टिक ट्यांकी भित्र पाँचजनाको शव भेटियो

760
0
Share:

काठमाडौं । बारामा एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । फेटा गाउँपालिलका–४ बसारास्थित एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको शव सेप्टिक ट्यांकी भित्र भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार राति ८ बजेतिर स्थानीय जोगा मुखियाको निर्माणाधीन पक्की घरको सेप्टिक ट्यांकीमा शव भेटिएको हो। घरमुली जोगा मुखिया पनि मृत भेटिएका छन्। मृतकहरुमा जोगा र उनका भाइका परिवारका सदस्य छन्। दुवै दाजुभाइका छोराछोरी पनि मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: