विश्व नयाँ शीत युद्धको तर्फ उन्मुख भएको मिखाइल गोर्बाचोभको भनाई

403
0
Share:

कात्तिक २३/ पूर्व सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभले विश्व नयाँ शीत युद्ध तर्फ उन्मुख रहेको बताउनुभएको छ । गोर्बाचोभले हुनसक्ने शीत युद्धलाई रोक्न रुससँग वार्ता गरेर विश्वासको वातावरण बनाउनु पर्ने बताउनु भएको बिबिसीले जनाएको छ ।

Former Soviet leader Mikhail Gorbachev walks across Pariser Platz near the Brandenburg Gate on the e

बर्लिन पर्खाल ढलेको २५ वर्ष पुगेको अवसरमा भएको कार्यक्रममा बोल्दै गोर्भाचोभले पश्चिमा मुलुकको आलोचना गर्दै उनीहरुले विश्वलाई विभाजनको संघारमा पुर्‍याएको आरोप लगाउनुभयो ।

मध्यपूर्व, एसिया तथा युरोपमा जारी द्वन्द्व नयाँ शीत युद्धको पृष्ठभूमि बन्न सक्ने चेतावनी दिनुभयो । उहाँले पश्चिमा राष्ट्रहरुले रुससँग वार्ता गरेर विश्वासको वातावरण बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

यस्तै उहाँले युक्रेनको विषयलाई लिएर रुसी नेता तथा उद्योगपति माथि लगाइएको प्रतिबन्ध हटाउन पनि माग गर्नुभयो । रुस समर्थक लडाकु तथा युक्रेनी सेनाबीच जारी हिंसाको विषयलाई लिएर रुस तथा पश्चिमा देशबीच तनाव छ ।

कमेन्ट गर्नुहोस्
Share: