
काठमाण्डौ। समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने रोशनी शाहीलाई यू–टर्न गराइएको आरोप लगाएका छन् ।
सामाजिक संजाल ट्विटरमा भट्टराईले लेखेका छन् – ‘सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने, भेद खुलेपछि ती स्त्रीलाई नै फकएर/धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने ! परपुरूषगमन गरेबापत अर्को पुरूष/लोग्नेले घरनिकाला गर्ने ! यो राम-रावण द्वन्दमा सीतालाई बलि चढाउने चलन कहिलेसम्म ? यही हो महिलामुक्ति/सांस्कृतिक क्रान्ति,कणहरू?’
रोशनीले सोमबार महराले आफु माथि बलात्कार गरेको भनि बिभिन्न संचार माध्यमलाई खबर गरेकी थिईन् । तर पछिल्लो समय रोशनीले आरोपको खण्डन गर्दै आएकी छन् । रोशनी र उनका पतिबीच सम्बन्धबिच्छेदको सहमति पनि भएको छ।
हेर्नुहोस यस्तो छ भट्टराईको ट्विट :
सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने!भेद खुलेपछि ती स्त्रीलाई नै फकएर/धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने!परपुरूषगमन गरेबापत अर्को पुरूष/लोग्नेले घरनिकाला गर्ने!यो राम-रावण द्वन्दमा सीतालाई वली चढाउने चलन कहिलेसम्म?यही हो महिलामुक्ति/सांस्कृतिक क्रान्ति,कणहरू? pic.twitter.com/grMpNQWFSc
— Baburam Bhattarai (@brb1954) October 3, 2019
