फूलपातीका दिन नेकपा कास्कीको चियापान, ५ हजार बढी सहभागि हुने अनुमान

Share:

पोखरा । नेकपा कास्कीको चियापान कार्यक्रम आउँदो शनिबार फूलपातीका दिन हुने भएको छ । दशैं, तिहार, नेपाल संवत, छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागिएको हो ।

सो कार्यक्रममा ५ हजार बढी सहभागि हुने अनुमान नेकपा कास्कीको छ । शनिबार हुने कार्यक्रम बारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कास्कीबाट जितेर केन्द्रमा रहेका मन्त्री र सांसद पनि सहभागि हुने जानकारी दिए ।

नेकपाले सो कार्यक्रममा सहभागि हुन कास्कीबासीलाई आग्रह पनि गरेको छ । चियापान कार्यक्रम असोज १८ गते बिहान ८ बजेदेखि पोखरा सभागृहमा हुनेछ ।

कार्यक्रममा नेकपाका गण्डकी प्रदेश ईञ्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्थमन्त्री किरण गुरुङ, जिल्ला र महानगर कमिटीका नेता सहभागी हुने अध्यक्ष थापाले बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकताका बाँकी काम चाँडै सक्ने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: