सम्झौताअनुसार माग पूरा नभए १७ औँ अनशन बस्ने डा. केसीको चेतावनी

465
0
Share:

काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटकपटक अनसन बस्दै आएका प्रा डा. गोविन्द केसी १७ औँ अनशन बस्ने भएका छन्।

१६ औँ अनशनका क्रममा भएका सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधनलगायतका सातवटा माग आगामी दुई हप्तासम्म पूरा नभए पुनः अनशन सुरु गर्ने डा. केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन्।

केसीले विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने, नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने, दोषी मेडिकल कलेजहरूलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनले माग गरेका छन्।

उनले प्रधानमन्त्रीको यथार्थ स्वास्थ्य अवस्था सार्वजनिक गर्नुपर्ने तथा द्वन्द्वकालमा मानवता विरोधी कार्य गर्ने अपराधीहरू अहिले पनि सत्तामा रहेर कारबाहीबाट बच्न संक्रमणकालीन न्यायसम्बन्धी अयोगहरूमा पार्टी कार्यकर्ता भर्ना गर्ने र ऐनलाई पीडितमैत्री बन्न नदिन चलखेल गरिरहेकामा तसर्थ आयोगमा पार्टी सम्बद्ध व्यक्तिहरू नभइ पीडितमैत्री विज्ञहरूलाई नियुक्ति र ती अपराधीहरूलाई अन्तराष्ट्रिय कानुनअनुसार कारबाही गरिनु पर्ने माग अघि सारेका छन्।

कमेन्ट गर्नुहोस्
Share: