
वीरेन्द्रनगर । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जिप आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानांलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको हो। । भे १ ज १०८४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करीब एक सय मिटर तल खसेको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको हो भने चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
गम्भीर घाइते जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलले जानकारी दिए।
