
पोखरा । कास्की प्रहरीले बढी भाडा असुल्ने ६ वटा गाडीलाई नियन्त्रणमा लिएको छ । दशैंको बाहाना पारेर यात्रु ठग्ने ती गाडीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
मनोमानी रुपमा सर्बसाधारण सँग बढी भाडा लिने र बाग्र्रेिनङ गर्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राज कुमार केसीले जानकारी दिए ।
सडक चेकिङ तथा सादा पोशाकमा प्रहरी परिचालन गरी अनुगमन गर्ने क्रममा मनोमानी रुपमा बढी भाडा असुलेको पाइएको थियो । उनले सवारी साधन र चालकलाई पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहको बताए ।
बाग्लुङ, पर्वतबाट पोखरा आएका सवारी साधनले बढी भाडा लिने गरेको पाइएको प्रहरीले जनाएको छ । पोखरामा पनि चाडपर्वका बेला बढी भाडा लिने गरेको पाइन्छ । चाडपर्व भन्दै कति सवारीमा परिचय पत्रको छुट पनि दिँदैनन्।
कास्की प्रहरीले कुनै पनि गाडीमा बढी भाडा मागेमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । प्रहरीले परिचय पत्र छुट दिन आनाकानी गरे पनि खबर गर्न आग्रह गरेको छ ।
प्रहरी कन्ट्रोल रुम १००, कार्यालय प्रमुखको ९८५६००५५५५, प्रवक्ताको ९८५६०३५५१२ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको नं. १०३ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
कास्की प्रहरीले अहिले यात्रुहरुको सहजताको लागि यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रदान गरिरहेको छ । प्रहरीले पोखराको तीन वटा ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
पोखराको पृथ्वीचोक बसपार्क, बाग्लुङ्ग बसपार्क र छोरेपाटनमा यात्रु सहायता कक्ष स्थापना गरिएको कास्की प्रहरी प्रमुख (एसपी) दानबहादुर कार्कीले जानकारी दिए ।
File Photo
