आज पूर्वी र मध्य भूभागमा पानी पर्ने, अन्य भागमा सामान्य बादल लाग्ने

546
0
Share:

काठमाण्डौ ।अहिले नेपालको पूर्वी र मध्य भूभागमा हल्का वर्षा भैरहेको छ ।भारतको उत्तर प्रदेश र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीका कारण पूर्वी र मध्य भूभागमा वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भूभागको मौसम भने आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही र पश्चिम पहाडी भेगका १(२ ठाउँमा पानी पर्ने मौसमविद्हरुले बताएका छन् ।

आज राति पनि केही ठाउँमा आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यो प्रक्रिया मंगलबारसम्म नै रहने तर निरन्तर पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: