गण्डकीमा खाद्य प्रयोगशाला नहुँदा खाद्य वस्तुको गुणस्तर परीक्षणमा समस्या (अडियो)

Share:

पोखरा । गण्डकी प्रदेश सरकारले बजार अनुगमन निर्देशिका पास गरेपछि अनुगमन कमिटी बनाएर यो दशैंबाट बजार अनुगमन सुरु गरेको छ ।

संघीय संरचनाअनुसार बजार अनुगमनको जिम्मा स्थानीय निकायलाई नै दिइएको छ। तर कतिपय कानून र निर्देशिका नहुँदा काम गर्न कठिन भएको थियो।

दशैंको बेलामा पोखरामा ५ दिन अनुगमन गरिएको थियो । दशैं बिदा सकिएपछि अनुगमनलाई पुन निरन्तरता दिइने बताइएको छ।

तर अनुगमन गरिने भएपनि खाद्य प्रयोगशला नहुुँदा गण्डकी प्रदेशमा खाद्य वस्तुको गुणस्तर परीक्षणमा समस्या भएको सरोकारवालाहरु बताउँछन् ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले देशका सबै प्रदेशमा प्रयोगशाला भएपनि पर्यटकीय प्रदेश गण्डकीमा नहुँदा समस्या भएको गुनासो गरेका छन् ।

अडियो सामाग्री सुन्नुहोस::

 

कमेन्ट गर्नुहोस्
Share: