
ओमान।ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा अहिले टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल अहिले टस हारेर बलिङ्ग गरिरहेको छ।
अल अम्रेट क्रिकेट मैदानमा भैरहेको खेलमा नेपाल आयरल्याण्डलाई हराउँदै तेस्रो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्डलाई हराएको थियो ।
नेपालले हालसम्म टेष्ट राष्ट्रलाई हराउन सकेको छैन । आज जित निकाल्दै नेपाल इतिहास बनाउन चाहन्छ । तर, बलियो टिम आयरल्याण्डलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन ।
नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।
लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस।
कमेन्ट गर्नुहोस्
