
काठमाडौँ। चिनियाँ राष्ट्रपति सी जीनपिंग असोज २५ गते शनिबार नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी असोज २५ गते काठमाडौँ उत्रनेछन् । उनको भ्रमण दुई दिने रहने मन्त्रालयले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सीले दुई दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ राष्ट्रपतिको यो भ्रमणका क्रममा दुईपक्षिय हितका विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
