
पोखरा। पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपाल आयरल्याण्डसंग पराजित भएको छ । आज भएको सिरिजको खेलमा नेपाल आयरल्याण्डसंग पराजित भएको हो ।
१ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै १ सय ३२ रनमा समेटियो । सुरुवाती ब्याट्सम्यानले सन्तुलिन ब्याटिङ प्रर्दशन गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए पनि मध्येक्रम नचल्दा नेपाल पराजित भएको हो।
आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक ३ विकेट लिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाएका थिए । एन्ड्री बलबीनीले ३८ रन बनाएर आउट भएका थिए । तर अन्य ब्याट्सम्यानको प्रर्दशन उल्लेख्य रहन सकेन ।
नेपाल ३ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।
