पोखरा बसपार्क निर्माणको लागि नागरिक सरोकार समिति गठन

783
0
Share:

गोकुल बानियाँ , पोखरा २५ कार्तिक । झण्डै ४० बर्षदेखि निर्माण हुन नसकेको पोखरा बसपार्क निर्माणमा दवाब दिन नागरिक सरोकार समिति गठन गरिएको छ । मंगलवार पोखरामा आयोजित सर्बपक्षिय भेलाबाट पोखरा बसपार्क निर्माण सरोकार समिति गठन गरिएको हो ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थाापा संयोजक रहेको समितिमा नागरिक समाजका राम बहादुर पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सामुदायिक सेवा केन्द्र पृथ्बीचोकका चिरञ्जिबी श्रेष्ठ, वडा समन्वय समितिका लोकदर्शन कोईराला, उत्तम जोशी, पोखरा –९ आमा समुहकी अध्यक्ष दिल माया गुरुङ सदस्य रहेका छन् ।

pokhara busparkत्यस्तै शशी तुलाचन, बिष्णुमाया श्रेष्ठ, पृथ्बी होटल ब्यबशायी संघका अध्यक्ष रिजन शेरचन, पृथ्बी राजमार्ग बस ब्यबशायी समितिका अध्यक्ष ऐन कुमार शाही, पोखरा बस ब्यबशायी समितिका अध्यक्ष रमेश गिरी, बिश्व शंकर पालिखे, बिष्णु बहादुर भट्टराई, सहारा क्लबका अध्यक्ष बिरभद्र आचार्य र स्थानिय कृष्ण टोल बिकास संस्थाका अध्यक्ष लेखुराम खत्री सरोकार समितिको सदस्य चयन भएका छन् ।

सरोकार समितिले तत्काल बसपार्क निर्माणको लागि सम्बन्धित निकायमा दवाब दिने संयोजक बिन्दु कुमार थापाले जानकारी दिए । बसपार्क निर्माण संग सरोकारवाला सबै पक्षसंग समन्वय गरी नागरिक स्तरबाट दवाबको लागि समिति गठन गर्नुपरेको उनले बताए । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थलको लागि गठन भएको सरोकार समितिले सफलता पाएको स्मरण गराउदै उनले बसपार्क निर्माणको कामलाई पनि यथासक्य छिटो टुङग्याउन स्थानिय देखि केन्द्रिय तह सम्म दबाव सिर्जना गरिने थापाले बताए ।

पोखरा उद्योग बाणिज्य संघको सहयोगमा नागरिक समाज पोखराले आयोजना गरेको सर्बपक्षिय भेलामा बोल्ने बक्ताहरुले पर्यटकिय नगरी पोखरामा एउटा पनि ब्यबस्थित बसपार्क नहुनु लाजमर्दो कुरा भएकाले यथासक्य छिटो बस पार्क निर्माणको काम थाल्नुपर्नेमा जोड दिएका थिए । पोखरा उपत्यका नगरबिकास समितिका सभापति बिष्णुप्रसाद वास्तोलाले अहिले बाकी रहेका जग्गामा बस निर्माणको काम सुरु गर्न नगरबिकास लागि परेको बताए ।

बसपार्क निर्माणको लागि ४० बर्ष अघि अधिग्रहण गरिएको दुई सय पाच रोपनी जग्गा अतिक्रण भई अहिले ८१ रोपनीमा खुम्चिएको छ । अतिक्रमित जग्गालाई छोडेर बाकी रहेको क्षेत्रमा बसपार्क निर्माणको काम थाल्ने उपत्यका नगरबिकासको तयारी छ । सोमवार पश्चिमाञ्चल क्षेत्रिय प्रशासकले बोलाएको बैठकमा बसपार्क निर्माणको काम अघि बढाउन पहल गर्ने निर्णय भएको थियो । नगरबिकास समितिका सदस्य राज बहादुर गुरुङका अनुसार ८१ रोपनीलाई बढाएर एक सय २५ रोपनी पु¥याउने गरी बसपार्क निर्माणको लागि तयारी भैरहेको छ ।

पोखरा बसपार्कलाई सिटी बसपार्कको रुपमा निर्माण गर्न र दिर्घकालिन उपयोगिताको दृष्टीले समेत सोच्न सरोकारवालाले सुझाब दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब अध्यक्ष आनन्दराज मुल्मीले दवाबको लागि गठन भएको सरोकार समितिले निर्माणको काम सुरु गर्न दवाब दिनुपर्ने बताए ।

पोखरा उपत्यका नगरबिकास समितिका पूर्ब अध्यक्ष जित बहादुर गुरुङ, बिश्वप्रकाश लामिछाने, पोखरा बस ब्यबशायी समितिका अध्यक्ष रमेश गिरी, एमाले कास्कीका सचिब तेज नारायण अधिकारी, नेकपा –माओबादीका शिब खनाल, राप्रपा नेपालका कास्की अध्यक्ष जयलाल पुन लगायतले अतिक्रमित जग्गाको छानबिन सहित सुकुम्बासी समस्या समाधान गरी बसपार्क निर्माणको काम सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: