स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

Share:

काठमाडौं– ओमानमा ५ राष्ट्र सम्मिलित टी ट्वान्टी क्रिकेट सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमान जानु अघि नेपाली टोलीले सिंगापुरमा त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपाल दोश्रो भएको थियो ।

ओमानमा भएको सिरिजमा नेपालले तस्रो स्थान हात पारेको थियो । नेदरल्याण्ड र हंङकङलाई पराजित गरेको नेपाल ओमान र आयरल्याण्डसँग हारेको थियो ।

स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पारस खड्काले सिरिजमा राम्रो नतिजा ल्याउन सकिने भएपनि चुकेको बताए । उनले युवा खेलाडीलाई टोलीमा अवसर दिने प्रयास गरेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: