सिन्धुपाल्चोक बस दुर्घटना: मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

449
0
Share:

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परि मृत्यु भएका परिवारलाई गाउँपालिकाले जनही २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ।

इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाण्डौका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रबार इन्द्रावती गाउँपालिका १० मा दुर्घटना हुँदा चालकसहित ११ जनाको मृत्यु भएको थियो।

केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ। बसमा ८० जनाभन्दा धेरै यात्री चढेका थिए। ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: