सुनको भाउ घट्यो, कति छ त आजको भाउ ?

Share:

काठमाडौं – नेपाली बजारमा सोमवार सुनको भाउ घटेको छ ।

सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार छापावाल सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमवार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, सोमवार चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: