राजपा सांसद साह पक्राउ

Share:

काठमाडौं । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट आज पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न आज नै महोत्ततरी जिल्ला अदालतले अनुमति दिएको थियो ।

सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: