
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीले अदालतसँग १३ दिनको समय मागेको थियो। १० दिन उनी हिरासतमा बसिसकेकाले अब तीन दिनपछि अदालत उपस्थित गराउनुपर्ने छ। दशैँको बेला महरा पक्राउ परेकाले उनलाई अदालत खुलेपछि म्याद थपका लागि लगिएको हो।
प्रहरीले महराबाट ब्लड स्याम्पल लिएर डीएनए लगायतका फरेन्सिक परीक्षणको कार्य सकिएको जनाएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षण गरेर रिपोर्ट समेत आइसकेको प्रहरीले बतायो।
