बिग एफएमको प्रस्तुतिमा हुने ईक्यान मेलाको उद्घाटनमा नायक हमाल श्रीमतीसँगै

Share:

बिग न्युज पोखरा, २६ कार्तिक / नेपाली चलचित्र जगतका महानायक राजेश हमाल सपत्नी पहिलो पटक पोखरा आउँदैछन् । गत जेठमा विवाह बन्धनमा बाधिँएका हमाल पहिलो पटक पोखरामा पत्नी मधु भट्टराई सहित सार्वजनिक हुन लागेका हुन् ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजना तथा बिग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतीमा पोखरामा कात्तिकको २८ गतेदेखि ३० गतेसम्म चल्ने दोस्रो ट्रिनिटी ईक्यान बृहत शैक्षिक मेलाको उद्घाटन महानायक हमालले गर्ने भएका हुन् । हमाल दम्पती विहिबार नै पोखरा आउँदैछन् । पाँच दशक उमेरसम्म बिहे नगरेका हमालले १० वर्षे प्रेमलाई जेठ १० गते विवाहमा परिणत गरेका थिए ।

Rajesh-and-Madhu_20140515121836

‘युवा विद्यार्थीका लागि आयोजित मेला भएकाले यस संस्करण नेपाली फिल्म उद्योगका महानायक हमालबाट नै उद्घाटन गर्ने तारतम्य मिलाएका छौं ।’ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले भने– ‘हमाल पहिलो पटक पत्नी सहित पोखरामा सार्वजनिक हुँदैछन् ।’

दोस्रो बृहत शैक्षिक मेलालाई विग एफएमले प्रस्तुत गरेको हो । मेलाको टाईटल स्पोन्सरको रुपमा ट्रिनीटि एजुकेशन फाउन्डेशन, सबटाईटल स्पोन्सरको रुपमा किङ्ग्स ईन्स्टिच्यूट रहेका छन् । मेलाको मेन स्पोन्सरको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट प्रालि रहेको छ भने सपोर्टेड बाई टाईटलमा बिकन प्रिमियर ईन्टरनेशनल एजुकेशन प्रालि रहेको छ ।

मेलाको प्रायोजकहरुमा एक्सेल पोखरा एजुकेशन कन्सल्टेन्सी, डेल्टा एडुकेयर नेपाल प्रालि, मिराकल ईन्स्टिच्यूट प्रालि, साकुरा जापनीज ल्याङग्व्वेज ईन्स्टिच्यूट, एजुकेशनल स्टडी लिंक प्रालि, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी, पोखरा थर्ड आई रिसर्च सेन्टर, अर्बिट ईन्टरनेशनल एजुकेशन, एजुकेशन पार्क र एक्सेस एजुकेशन नेटवर्क रहेका छन् । तीन दिने मेलाको व्यवस्थापनको जिम्मा वान अप कम्यूनिकेशन प्रालिले लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: