पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा आज सुनुवाइ हुँदै

Share:

हेटौंडा– टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत हेटौंडामा न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशमा रविको मुद्दा पेशीमा रहेको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तमध्येका लामिछानेबाट ५ लाख र कँडेलबाट ३ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै चितवन जिल्ला अदालतले भदौ ९ गते थुनछेक आदेश जारी गरेको थियो ।

लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उक्त आदेश खारेज गरी साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गराइ पाउँ भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा भदौ १७ पुनरावलोकन रिट दायर गरेका थिए ।

उनीहरुले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश र आफूहरुका सन्दर्भमा राखिएका शर्तहरु पनि खारेज गरिनुपर्ने मागदाबी गरेका छन् ।

पुनरावलोकन रिटमा आत्महत्या दुरुत्साहन मुद्दाका तीनै जना अभियुक्त लामिछाने, कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न भनि आदेश जारी गर्न मागदाबी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: