निलम्बित सांसद आलमलाई थप ५ दिन थुनामा राखिने

282
0
Share:

रौतहट — हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि थप अनुसन्धान गर्न पांच दिनको म्याद थप गरिएको छ। पूर्वमन्त्री आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थपेको हो।

जिल्ला अदालत रौतहटका न्यायाधीश चाणकमणी अर्यालको ईजलासले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो । १२ वर्ष पुरानो यो घटना सर्वोच्च अदालतको तारन्तारको ताकेता पछि मात्रै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

आलमको तर्फबाट अदालतमा उपस्थित ५ भन्दा धेरै कानून व्यवसायीहरुले थुनामा राख्नु नपर्ने जिकिर अदालतसमक्ष गरेका थिए । पूर्वमन्त्री आलमलाई थुनुवा कक्षबाट जिल्ला अदालत लैजाँदै गर्दा आलम सर्मथकहरुले नाराबाजी गरेका थिए ।

आलमले आफ्ना सर्मथकहरुलाई कपोलकल्पित मुद्दामा फसाइएको बताएका थिए । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ।

कमेन्ट गर्नुहोस्
Share: