किन गरे अखबारहरूले ‘ब्ल्याकआउट’ ?

415
0
Share:

एजेन्सी। अष्ट्रेलियाका सबै अखबारहरूले सोमबार पहिलो पृष्ठ कालो पोतेका छन्। अस्ट्रेलियाका प्रमुख पत्रिकाहरुले सोमबारको संस्करणमा प्रेसमाथिको प्रतिबन्ध विरुद्ध ऐक्यवद्धता स्वरुप पहिलो पृष्ठमा ‘ब्ल्याकआउट’ गरेका हुन् ।

मिडिया गृहहरूले अष्ट्रेलिया सरकारले ल्याएका कानुनले गर्दा उनीहरूलाई आम जनतामा सही सूचना पुर्‍याउन बाधा भएको बताएका हुन्।

पत्रिकाहरुले पहिलो पृष्ठमा आफ्नो नाम तथा मिति बाहरे अरु कालो पोतेका हुन् । त्यसमाथि रातो मसीमा ‘सिक्रेट’ लेखिएको स्ट्याम लगाएका छन् । पत्रिकाहरुले अस्ट्रेलियाले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा कानूनले प्रेस स्वतन्त्रताको हनन गरेको भन्दै ‘ब्ल्याकआउट’ गरेका हुन् ।

यसअघि जुन महिनामा पनि अष्ट्रेलियाको ठूलो मिडिया संस्था अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनको मुख्यालयमा कार्यरत एक पत्रकारको घरमा प्रहरीले छापा मारेपछि यस्तो विरोध भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: