
तनहुँ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले गरेका छन् । नेकपा तनहुँको दोस्रो पूर्ण बैठकलाई दमौलीमा सम्बोधन गर्दै उनले दुइ कम्युनिष्ट पार्टी मिलेर बनेको पार्टीलाई थप मजबुद बनाउन आवश्यक रहेको बताए ।
पार्टीको एकीकरण प्रक्रिया टुङ्गनि नसकेकाले पार्टीलाई कमजोर बनाउने गतिविधि गर्ने छुट कसैलाई पनि नभएको बताउँदै उनले पार्टीलाई कमजोर बनाउन विभिन्न षड्यन्त्र हुनसक्ने भएकाले त्यसतर्फसचेत हुनुपर्नेमा जोड दिए । सरकारका राम्रा कामको प्रचार गर्दै विपक्षीका आरोप चिर्न सक्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको नेता पाण्डेको भनाई थियो ।
पार्टीका प्रदेशका सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टीलाई बलियो बनाउनु कार्यकर्ताको कर्तव्य रहेको बताए । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य आशा कोइराला, पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देल लगायतले पार्टी र सरकारका गतिविधिबारे चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेकालाई प्रदेश कमिटी अध्यक्ष पाण्डेले स्वागत गरेका थिए ।
