महिला क्रिकेट च्याम्पियन्स लिगको उपाधिका लागि चितवन र काठमाडौं भिड्दै

276
0
Share:

काठमाडौं । पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल)को उपाधिका लागि आज (बिहिबार) चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजे सुरु हुने प्रतियोगितामा दुबै टोली उपाधि कब्जा गर्ने उद्देश्यका साथ मैदान प्रवेश गर्नेछन्।

काठमाडौं रुबिना क्षेत्रीको कप्तानीमा मैदान उत्रनेछ भने चितवनको नेतृत्व ईन्दु बर्माले गर्नेछिन् । राउण्ड रोबिन लिगका आधारमा भएको ५ टोली सहभागी प्रतियोगितामा चितवन सतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो। काठमाडौंले भने विराटनगरसँग इलिमिनेटर खेलेको थियो। क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले टीभीएसको स्कुटर र ५० हजार पाउनेछ । विधागततर्फका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: