अश्लील गीत गाएको आरोपमा र्‍यापर भिटेन पक्राउ

1603
0
Share:

काठमाडौं – भिटेनका नाममा गीत गाउँदै आएका समिर घिमिङ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई उनलाई पक्राउ गरेको हो ।

अश्लील र आपत्तिजनक शब्द प्रयोग गरी गीत गाएको आरोपमा प्रहरीले उनलाई जावलाखेलबाट पक्राउ गरेको हो । भिटेनले यसअघि बजारमा ल्याएको गीत ‘सिमसिमे पानीमा’ पनि विवादमा आएपछि हटाइएको थियो । ‘हामी यस्तै त हो नि ब्रो’ उनको पछिल्लो समयको हिट गीत हो ।

युवापुस्तामाझ लोकप्रिय भिटेन ‘चुरोट’ गीत सार्वजनिक गरेपछि चर्चामा आएका थिए । उनी अहिलेका लोकप्रिय र्‍यापरहरु मध्ये एक हुन् । यद्यपि उनी बारम्बार विवादमा पनि आइरहने गर्छन् ।

कमेन्ट गर्नुहोस्
Share: