पोखरा १५ का नेकपा कार्यकर्तालाई पार्टीले दियो प्रशिक्षण

Share:

पेखरा । नेपाल कम्यूनिष्ट पार्टी नेकपा को वडा स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम पोखरा महानगरपालिकाको वडा नं १५ मा बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एवं नेकपा स्थायी कमिटि सदस्य सोमनाथ अधिकारी प्यासी, केन्द्रिय सदस्य एवं कास्की सह ईन्चार्ज चुँडामणी जङ्गली र कास्की ईन्चार्ज राजकाजी गुरुङले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा उप निर्वाचनका चुनावी एजेण्डा, पार्टी अनुशासन, गलत कृयाकलाप विरुद्ध पार्टीले गर्ने कारवाही, विकास निर्माणमा पार्टीले खेलिरहेको भूमिका र आम सरोकारका विषयहरुमा वडास्तरमा रहेका कार्यकर्ताहरुलाई प्रशिक्षण दिईएको नेकपा वडा कमिटि १५ का अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिए ।

सो अवसरमा नेकपा कास्की सचिव बखान सिंह तमु, पोखरा महानगर अध्यक्ष दिपक पौडेल, पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष प्रकास पौडेल लगायत वडाभित्र रहेका सम्पूर्ण अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । वडा कमिटि अध्यक्ष भक्त बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: