
पोखरा।झिलिमिली र फुलैफुलको पर्वको रुपमा रहेको तिहार पर्वको अवसरमा बजारमा यति बेला तिहार पर्व लक्षित हुने गरी विभिन्न सामानहरु किनमेल गर्नेहरुको भिडभाड शुरु भएको छ । तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भिडले हिँडिसक्नु छैन ।तिहारमा टीका लाउन र लगाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसके ।
झिलिमिलि बत्ती देखि तामा र चादीका भाडाहरु बढी बिक्रि
पोखराको चिप्लेढुंगाका एक व्यवसायी दीपक लामा तिहार पर्वमा झिलिमिलि बत्ती बिक्रि हुने अपेक्षा सहित यस बर्ष करिब डेढ लाखको झिलिमिलि बत्ती खरिद गरेका छन्। उनले २ सय ५० देखि २ हजार मुल्य बराबरको झिलिमिलि बत्ती बिक्रि गर्दै आएका छन्।
पोखरा महेन्द्रपुलका एक भाडा व्यवसायी उमेशकुमार सिंहले तिहार पर्वको अवसरमा अन्य दिनमा १५ दिनमा हुने व्यापार तिहारको तीन दिनमा हुने गरेको जनाए । उनका अनुसार तिहार पर्वमा विषेश गरी तामा र चादीका भाडाहरु बढी बिक्रि हुने गरेको छ । सिंह जस्ता धेरै भाडा पसलेहरुले तिहार पर्वको अवसरमा विभिन्न प्रकारका भाडाहरु सजावट गरी पसलमा राखेको पाइन्छ । तिहारको अवसरमा बजारमा भाइटिका मसला, ढका टोपी, तामा र चाँदीका भाडा लगायतको माग बढी हुने गरेको व्यवसायीहरु बताउछन्।
भाइटिका मसलाको प्याकीङ गर्न व्यस्त रविन कुमार
पोखराको पालिखेचोक स्थित सुधाको साहुको पुजा सामाग्रि भण्डारका संचालक रविन कुमार गुप्ताले भाइटिका मसलाको प्याकीङ गर्न व्यस्त भएका छन्। उनले यस बर्षको तिहार पर्व लक्षित हुने गरी १० हजार पिस भाइटिका मसला तयार पारेका छन्। २० रुपैया देखि २ सय ५० रुपैयासम्मका भाइटिका मसलाको प्याकीङ तयार पारेका गुप्ताले यस बर्ष भाइटिका मसला सहितको तिहार पर्व लक्षित हुने गरी करिब १० लाखको कारोवार गर्ने लक्ष्य राखेकाछन्।
उपहारको रुपमा दिने भाइटिका मसाला
तिहारमा दिदी बहिनीले दाजुभाईलाई उपहारको रुपमा दिने भाइटिका मसालामा उनले मिठाइ, नरिवल, छोक्रा, ओखर, किसमिस सबै मिलाएर गुणस्तरमा ध्यान दिएर म्याद भएका खाद्य बस्तुहरु राखेको उनले जनाए । उनका अनुसार पोखरामा करिब ३० वटा जसो पुजा सामाग्रीका थोक पसलहरु रहेका छन जसले लाखौं कारोबार गर्ने गरी तिहार पर्वमा भाइटिका मसला देखि विभिन्न बस्तुहरु बिक्रि वितरण गर्ने गरेकाछन्।
पोखरामा करिब २५ लाख मुल्य बराबरको कपडाको कृतिम फुल आउने गरेको उनले जनाए । उनले भने “पछिल्लो बर्ष देखि बजारमा प्राकृतिक फुलकै माग बढी छ, थोक व्यापार पहिलाको तुलनामा बढे पनि खुद्रा व्यापार भने घटेको छ ।” तनहुँको सत्र सयफाँट देखि पोखरामा विमिरो बिक्रि गर्न आएकी नारायण केसी वानियाले यस बर्ष करिब ५० हजार मुल्य बराबरको विमिरो बिक्रि गर्ने लक्ष्य राखेकीछन्।
ढाकाटोपी, रुमाल, मिठामिठा खानेकुराको समेत किन मेल
भाइटिकाको दिनमा प्रयोग गरिने उक्त विमिराको बजारमा माग रहेको छ । त्यसै गरी बजारमा तिहार पर्व लक्षित गरी ढाकाटोपी, रुमाल, मिठामिठा खानेकुराको समेत किन मेल गर्न सुरु भएको छ । दशैं पर्व भन्दा भाइटिका पर्वमा पोखरामा प्रायः बढी चलहपलसंगै झिलिमिलि हुने गरेको छ । केही संघ संस्थाहरुले पोखरा क्षेत्रमा देउँसी भैलो खेल्ने तयारी गरेकाछन्। तिहारको अवसरमा पोखरामा फुलको मात्रै करिब २ करोड ५० लाख भन्दा बढीको कारोवार हुने गरेको एक पुष्प व्यवसायी दिलबहादर गुरुङले बताए ।
