
पोखरा । पोखराबाट जुवा खेलिरहेको अवस्थामा १० लाख बढी नगद सहित ९ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–६, लेकसाइड पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा कास्की प्रहरीको टोलीले शनिबार साँझ छापा मारेको थियो । उक्त ठाउँबाट १० लाख ५८ हजार ५ सय १० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
जुवा खेलाउने छवि पौडेलसहित ९ जनालाई पक्राउ गरी थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
