किशोरी बलात्कारको आरोपमा स्याङ्जामा एक पक्राउ

Share:

स्याङ्जा। किशोरी बलात्कारको आरोपमा स्याङ्जामा एक युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा आँधीखोला गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर दमै शनिबार पक्राउ परेका हुन् ।

उनलाई पीडितका आफन्तको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । दमैलाई जिल्ला अदालत स्याङ्जाले ५ दिने म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: