
एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले रियल भालाडोलिडमाथि सहज जित निकालेको छ । मंगलबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडलाई ५–१ को अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले २ गोल गरे । यस्तै लुइस स्वारेज, क्लेमेट लेन्ग्लेट र अर्टुरो भिदालले एक एक गोल गरे । भालाडोलिडका किको ओलिभासले सान्त्वना गोल फर्काए ।
घरेलु मैदानमा बार्साका लागि दोस्रो मिनेटमा नै लेन्जेटले गोल गरेको थिए । त्यस्तै २९ औं मिनेटमा भिडलले गोल गर्दा मेस्सीले दुई गोल गरे । उनले ३४ र ७५ औं मिनेटमा एक एक गोल गरेका थिए ।
त्यस्तै ७७ औं मिनेटमा लुइस स्वारेजले गोल गरेका थिए । भालाडोलिडले खेलको १५ औं मिनेटमा गोल गरेपनि त्यसपछि गोल गर्न सकेन ।
यो जितसंगै स्पेनिस क्लब बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलनोको १० खेलबाट २२ अंक छ भने दोस्रो स्थानमा रहेको ग्रानडाको २० अंक रहेको छ । यस्तै एक खेल बढी खेलकोे एथलेटिकको मड्रिडको २० अंकसहित तेस्रो स्थानमा रहेको छ ।
