कस्तो रहनेछ आज दिनभरको मौसम ?

299
0
Share:

काठमाडौं । आज (बुधबार) केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अजा दिउँसो देशका देशका पश्चिमी क्षेत्र तथा मध्य र पूर्वका पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

दिउँसो देशका पश्चिमी र मध्य क्षेत्र तथा पूर्वका पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म र बाँकी क्षेत्रमा मौसम आंशिक बदली हुने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।

पश्चिमी वायुको प्रभाव तथा अरब सागरको उत्तर(पूर्वी भागमा ‘क्यार’ नाम दिइएएको चक्रवातको आंशिक प्रभावले अहिले नेपालमा मौसम भइरहेको हो।

‘सागरको उत्तर-पूर्वी भागमा ‘क्यार’ नामाकरण गरिएको चक्रवात अवस्थित छ र यो उत्तर-पश्चिमी दिशा (ओमन) तर्फ बढिरहेको देखिन्छ। यस प्रणालीको खासै ठूलो प्रभाव नेपालमा परेको छैन’ – मौसम पूर्वानुमान महाशाखाले भनेको छ।

कमेन्ट गर्नुहोस्
Share: