पोखराबाट ३२ हजार नगदसहित सात जुवाडे पक्राउ

Share:

पोखरा – कास्की प्रहरीले जुवातास खेल्ने सात जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–९ बास्तोलाथरमा जुवातासमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जनप्रिय थकाली भान्सा घर सञ्चालन गर्दै आएका प्रकाश शेरचनले अवैध जुवातास खेलाएको भन्ने सूचनाका आधारमा प्रहरीले रु ३२ हजार ४ सय ३० रुपैयाँ नगद र ताससहित सात जनालाई पक्राउ गरेको हो ।

त्यस्तै सोमबार पोखरा महानगरपालिका–५ प्रस्याङ्गबाट रु ३९ हजार २०० नगद र ताससहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

स्थानीयवासी रुद्रबहादुर केसीको घरमा जुवातास खेलाइएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: