पोउवा सङ्घले शुरु गर्यो ‘गन्तव्य मर्दी हिमाल’ अभियान

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले बिहिबारदेखि ‘गन्तव्य मर्दी हिमाल’ अभियान शुरु गरेको छ ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको ‘आन्तरिक पर्यटन वर्ष २०१९’ तथा नेपाल सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउने उद्देश्यका साथ अभियान थालिएको हो ।

भ्रमण संस्कृतिको विकास गर्दै प्रदेश र सङ्घीय सरकारद्वारा घोषित भ्रमण वर्षको प्रचार गर्न सङ्घले ‘गन्तव्य मर्दी हिमाल’ अभियान तय गरेको पदयात्रा टोलीका नेता एवं सङ्घका अध्यक्ष दामु अधिकारीले बताए ।

पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रचारलाई सङ्घले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले सरकारले घोषणा गरेका प्रवर्धनात्मक कार्यक्रमलाई सघाउन आफूहरू तयार रहेको जनाए ।

भ्रमण दलमा सङ्घका अध्यक्ष अधिकारीसहित कार्यसमितिका सदस्य तथा कर्मचारी सहभागी छन् । चार दिने पदयात्राको क्रममा टोली चार हजार ६०० सय मिटर उचाईको मर्दी हिमाल आधार शिविर पुग्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: