दाङको प्रदेश सभा उपनिर्वाचनमा साझा पार्टीले शिवकुमार चौधरीलाई उठाउने

237
0
Share:

काठमाण्डौ।  साझा पार्टीले दाङ क्षेत्र नं ३ (ख) मा सामाजिक अभियन्ता शिवकुमार चौधरीलाई उम्मेदवार बनाउने भएको छ । दाङका सामाजिक अभियन्ता चौधरीले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन्।

साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २ र भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क )मा उम्मेदवार घोषणा गरिसकेको छ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि उपनिर्वाचनकाे मिति तय गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
Share: