
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आज बेलुका पाँच बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आज विहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।
अहिले फेरि बोलाइएको बैठकका एजेण्डाबारे भने मन्त्रीहरु समेत बेखबर छन् ।
कमेन्ट गर्नुहोस्
