
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका ९ सुनकोशीमा बस दुर्घटना हुँदा मृत्यु हुुनेको संख्या १७ पुगेको छ भने ५० जना घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका–२७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ४ की सलिना तामाङ, ३ का तीन महिने शिशु सिसन तामाङ, ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, ३ की ५१ वर्षीया रत्नकुमारी राउत, ५ का वर्ष १४ का निखिल खड्का, ४ का वर्ष १४ का दिल लामा, वर्ष २९ का किरण राउत, वर्ष २० की कविता राउत छन्।
यस्तै, शैलुङ गाउपालिका ३ की वर्षीया ३२ की निर्मला खड्का, ६ की ७० वर्षीया उरमाया मोक्तान र भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिीता केसी बस्नेत, काभ्रे रोशी गाउँपालिका ४ की सजिना तामाङ छन्। दोलखा शैलुङ्गेश्वरी ५ कि ३८ बर्षिय सानू राउत आले, ३ का बर्षिय निकेश खड्का र चितवन पटीहानीकी ५६ बर्षी पुजा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए।
दुर्घटनामा घाइते भएकाहरूको उपचार जारी रहेको र केही बिरामी अस्पतालबाट डिस्चार्ज भैसकेको जनाइएको छ । खोलाले शव बगाएको अनुमानले अझै खोजिकार्य जारी राखेको उनको भनाइ छ। दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेका थियो। र दुर्घटनास्थल सडकका हिसाबले जोखिमयुक्त नभएकाले दुर्घटनाको कारण खुलेको छैन । तर अत्याधिक भार र तिव्र गतिको कारणले दुर्घटना भएको प्रहरीले अनुमान छ।
