महराविरुद्धको थुनछेक बहस आज पनि

571
0
Share:

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी कसुरमा सोमबार पनि थुनछेक बहस हुँदैछ । काठमाण्डौ जिल्लाअदालतका न्यायाधीश सुदर्शन पाण्डेको इजलासमा आइतबारदेखि सुरु भएको थुनछेक बहस नसकिएकाले सोमबार पनि निरन्तर हुने भएको हो ।

आइतबार सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गरेका थिए। यस्तै, महराको तर्फबाट वरिष्ठ अधिवक्ता लवकुृमार मैनाली तथा भोजचार आचार्यले बहस गरेका थिए।

सोमबार महराको तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ, सविता भण्डारी लगायतले बहस गर्नेछन्। महराको पक्षमा ३२ जना कानुन व्यवसायीको वकालतनामा आइतबार साँझसम्म परेको छ।

महरामाथि जबर्जस्ती करणी उद्योगमा बिहीबार मुद्दा दायर भएको हो। त्यसयता थुनछेक प्रक्रिया जारी छ।

कमेन्ट गर्नुहोस्
Share: