बंगलादेशी राष्ट्रपति हमिद नेपाल आउने, फेवातालमा बोटिङ गर्ने

564
1
Share:

पोखरा।  बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने राजकीय भ्रमणमा आगामी साता नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा कातिक २६ नेपाल आउने राष्ट्रपति हमिदले पोखराको समेत भ्रमण गर्ने भएका छन् ।

पहिलो पटक नेपाल आउन लागेका राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ ।

हमिद काठमाडौँपछि कात्तिक २८ गते पोखरा आउनेछन् । उनीलाई सेनाको हेलिकप्टरमा राखेर पोखरा ल्याउने तयारी छ। उनलाई फेवातालमा बोटिङ गराउने तयारी भएको स्रोतले जनाएको छ ।

हमिद सन् २०१३ मा पहिलो पटक र सन् २०१८ मा दोस्रो पटक निर्वाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: