भरतपुर अस्पतालमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला

662
0
Share:

चितवन । चितवनको भरतपुर अस्पतालमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । शुक्रबार राती ८ः३० बजे अस्पतालको मेडिसिन विभाग नजिकको भ¥याङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको हो ।

झुण्डिएको अवस्थामा लम्जुङ दुधपोखरी गाउँपालिका–२ का अन्दाजी २७ वर्षीय विष्णु बहादुर सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार सुनारका घाँटीमा गलबन्दी जस्तो सलको पासो छ ।

सुनारले कात्तिक १७ गते भरतपुर अस्पतालमा तीन महिनाअघि सुत्केरी भएकी श्रीमतीलाई उपचारको लागि ल्याएका थिए । अस्पतालका अनुसार उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको थियो र शनिबार (आज) डिस्चार्ज गर्ने तयारी भइरहेको थियो ।

आईसीयूमा राखेर श्रीमतीको उपचार गराउन धेरै रकम लाग्ने भएपछि सासुसहित अस्पताल आएका सुनारले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । यद्यपि उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।

शव अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले घटनास्थलको मचुल्का उठाई थप अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: