एमसीसीसँग खेल्ने पोखरा-११ र मुख्यमन्त्री-११ को टिम घोषणा

Share:

पोखरा। नेपाल भ्रमणमा रहेको बिश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलिवन क्रिकेट क्लब(एमसीसी) संग खेल्ने पोखरा-११ र मुख्यमन्त्री-११ टिमको घोषणा भएको छ । एमसीसीले पोखरामा पोखरा-११ र मुख्यमन्त्री-११ टिमसंग एक एक टी ट्वान्टी खेल खेल्दै छ ।

मुख्यमन्त्री-११ टिमको घोषणा शुक्रवार भएको हो । यस्तै एमसीसीसंग खेल्ने पोखरा-११ टिमको सोमबार घोषणा भएको थियो । पोखरा क्रिकेट रंगशालामा भएको छनौटबाट मुख्यमन्त्री-११ र पोखरा-११ को टिम घोषणा भएको हो । एमसीसीसंग पोखरा ११ ले कार्तिक २५ गते सोमबार र मुख्यमन्त्री-११ को टोलीले कात्र्तिक २६ गते मङ्गलबार पोखरामा टी ट्वान्टी खेल खेल्दै छन् ।

कास्कीका गोबिन्ध प्रधानको कप्तानीमा मुख्यमन्त्री-११ को टिम घोषणा भएको हो । टिममा बिधान श्रेष्ठ, दिपेश खत्री, अनिल गुरुङ, विपिन खत्री, अमृत गुरुङ, सुबाश भण्डारी, दिपेश श्रेष्ठ, किशोर महतो रहेका छन् । यस्तै मुस्कान थापा, चन्द्र कान्त पौडेल, प्रविन ढकाल, रमेश बस्नेत र बिशाल पनि टिममा रहेका छन्।

यसअघि पोखरामा आइतबार र सोमबार भएको छनौटबाट पोखरा-११ को १४ सदस्यीय टिमको घोषणा भएको थियो । टिममा बिधान श्रेष्ठ, दिपेश खत्री, गोबिन्द प्रधान, अनिल गुरुङ, अमृत गुरुङ, सुबाश भण्डारी, ऋषिकेश शर्मा छनौट भएका छन् । यस्तै अश्विनी राना मगर, मुस्कान थापा, किरण पौडेल, प्रेम गुरुङ, अभिसेख अधिकारि र सिब्रिन श्रेष्ठ समेत अटाएका छन् । टिमको कप्तानी विधान श्रेष्ठले गर्नेछन् । दुवै टिमको प्रशिक्षकका रुपमा रिजन प्रजु रहेका छन् ।

पोखरा क्रिकेट रंगशालामा भएकोे छनौटमा जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष संजयकान्त सिग्देल, क्रिकेट संघ कास्कीका कोषाध्यक्ष जिम्मी गुरुङको समेत सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: