एभिसी सेन्ट्रल जोनः नेपाल अफगानिस्तानसँग भिड्दै

266
0
Share:

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबलमा नेपालले आज (आईतबार) अफगानिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । बंगलादेशमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा अफगानिस्तानसँग खेल्न लागेको हो ।

ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ । नेपाली टिम अरुणा शाहीको कप्तानीमा मैदान उत्रनेछ ।

प्रतियोगितामा नेपाल सहित कीर्गिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान समावेश छन् ।

कमेन्ट गर्नुहोस्
Share: