१० करोड लागतमा पोखरामा खुल्यो फेवा रेडी मिक्सचर

Share:

पोखरा । पोखरामा १० करोडको लागतमा फेवा रेडी मिक्सचर प्रा.लि संचालनमा आएको छ । युवा व्यवसायी जनक प्रसाद काफ्ले, बल बहादुर राना र खिम प्रकाश मल्लको संयुक्त लगानीमा सो कम्पनी संचालनमा आएको हो ।

पोखरा-१७ मा ८ रोपनी जग्गामा स्थापित सो कम्पनीको बिहिबार पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले उद्घाटन गरेका थिए । उद्घाटन पछि बोल्दै प्रमुख जिसीले युवाहरुको व्यवसाय प्रतिको लगाव र जोसलाई महनगरले मुल्याङ्कन गर्ने बताए ।

 

सोही क्रममा बोल्दै नेपाल निर्मण व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहारिले पर्यटकीय नगरी पोखरा निर्माण व्यवसायीका लागि राम्रो भविष्य भएको ठाउँ भएको भन्दै खुसी व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सरकारी स्तरबाट सन्चालित उद्योग धारासायी भएर बन्द भैरहेको अवस्थामा निजी क्षेत्रमा लगानी आउनु उत्साहजनक भएको सुनाए ।

उच्च प्रविधिको प्रयोग गरेर कंक्रिट र सिमेन्टको मिश्रण गरि तयार पारिएको रेडी मिक्स कंक्रिट पुल, सडक, घरलगायतक संरचना बनाउन संचालनमा ल्याइएको हो ।सबै प्रकारका निर्मण कार्यका लागि गुणस्तरिय सेवा छिटो छरितो उपलब्ध कम्पनी स्ठापना गरिएको संचालक काफ्लेले जानकारी दिए ।

कम्पनीको आफ्नै अत्याधुनिक ल्याबबाट हरेक दिन उत्पादन हुने उत्पादनको गुणस्तर जाँच गरेर मात्र बजार पठाइने प्रा. लिका अर्का संचालक मगरले प्रस्ट पारे । कम्पनीको हाल एक हजार ८० घनमिटर प्रति दिन उत्पादन क्षमता रहेको छ । बजारको मागअनुसार क्षमता बढाउन सकिने कम्पनीका अर्का संचालक मल्लले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: