
पोखरा । लेखनाथ जेसीजले १८ लाखको लागतमा स्थापनाको २२ वर्ष पछि निर्माण गरेको आफनै सचिवालय भवनबाट शुरुवाद गरेको जेसीज सप्ताह २०१९ कार्यक्रम लेखनाथ उधोग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमेश चन्द्र भुषालले जेसीज यूवाहरुको संस्था भएकोले समाज परिवर्तन तथा समाजमा उदारणीय कार्य गर्नु पर्ने साथै नेपाल जेसीजको लेखनाथ जेसीज लाई सधै साथ र सहयोग रहिरहने विचार व्यक्त गरेका थिए ।
समाापन कार्यक्रममा वडा नं. २९ का वडा अध्यक्ष चेत वहादुर गुरुङ्ग, नेपाल जेसिजका पूर्व अध्यक्ष राजु के.सी., लेखनाथ जेसीजका पूर्व अध्यक्षहरुको तर्फबाट सुमन भट्टराई, लेखनाथ उधोग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल लगाएतले शुभकामना मन्तव्य राख्यका थिए ।
समापन कार्यक्रममा सप्ताह व्यापी रुपमा संञ्चालन गरिएको बिभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार र कार्यक्रम संयोजक तथा विभिन्न व्यक्तिहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो ।
लेखनाथ जेसिजले “मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो” भन्दै कार्तिक २४ देखि ३० गते सम्म लेखनाथ जुनियर जेसीजको सहकार्यमा सप्ताह ब्यापी कार्यक्रम गरेको थियो ।
जेसीजको बार्षिक कार्यक्रम अनुसार सात दिनसम्म विभिन्न कार्यक्रम गरि मनाईएको कार्यसमितिका उपाध्यक्ष तथा जेसीज सप्ताह २०१९ का मुल संयोजक सुजन न्यौपानेले जानकारी गराएका हुन् ।
जेसीज सप्ताह अन्तरगत पहिलो दिन कार्तिक २४ गते सचिवालय उद्घाटन तथा सप्ताह ब्यापी कार्यक्रमको शुभारम्भ कार्यक्रमको दोस्रो दिन पोखरा ३३ भरतपोखरीमा रहेको सरस्वती टिका माविका अति गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, सप्ताहको तेस्रो दिन पोखरा २७ को तालचोकमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता, चौथो दिन तालचोक देखि बेगनासतालसम्म स्वास्थ्यका लागि दौड प्रतियोगिता, पाचौ दिन पोखरा २६ को कालिकाचोकमा खुल्ला रक्तदान कार्यक्रम, छैटौ दिन पोखरा २९ भण्डारढीकमा रहेको जनप्रकाश माविमा अभिभाकत्व तालिम गरिएको थियो ।
सप्ताहको सातौं दिन लेखनाथ उद्योग बाणिज्य संघको सचिवालमा असल नेतृत्व र उत्प्रेरणा विषय तालिम सहित सम्मान, पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ जुनियर जेसीजका अध्यक्ष सर्वेन्द्र न्यौपानेले जानकारी गराएका छन् ।
लेखनाथ जेसीजका अध्यक्ष रोशन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मुल संयोजक कृष्ण तिवारी र कार्यक्रम संचालन महासचिव चिरञ्जीवि न्यौपानेले गरेका थिए ।
