विप्लव समूहका एरिया इन्चार्ज पक्राउ

319
0
Share:

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङको अनुसार ट्वाङखोलाबाट प्रदेश ३–०२००७प १२०४ नंको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय डाँगीलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ । साथै उनी चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

यस्तै दाङबाट विप्लव समूहका अर्का एक कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका सेक्सन अध्यक्ष शान्तिनगर गाउँपालिका–१ पटेरीखोला निवासी ३० वर्षीय प्रकाश बुढामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनलाई एक्लै हिँडिरहेको अवस्थामा शुक्रबार बेलुका ६ बजेतिर नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: